प्रतिवन्धित कुखुराको चल्ला बरामद

बारा, कार्तिक ०२ गते ।

सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा फेटा गाउँपालिका-४ स्थित सडक खण्डमा प्रतिबन्धित कुखुराको चल्ला (२६ कार्टुन) २६०० वटा बेबारिसे अवस्थामा फेला पारी बरामद गरी आजै पशु क्वारेन्टाईन चेकपोष्ट मटिअर्वा तथा कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधी, भद्र भलादमी, पत्रकारहरु समेतको रोहवरमा उक्त चल्लाहरु  पसाह खोला किनारमा खाल्डोमा पुरी नष्ट गरिएको छ ।