अवैध लागूऔषध सहित मानिस पक्राउ

धनुषा, कार्तिक ०३ गते ।

जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ रमानन्दचोक स्थित यात्रु प्रतिक्षालयमा चुरोटमा गाँजा भरि सेवन गर्दै गरेको अबस्थामा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलीले संक्का लागि चेकजाँच गर्दा जिल्ला महोत्तरी पिपरा गाउँपालिका-१ बस्ने बर्ष २४ को श्रवण मिश्रको साथ बाट प्रोक्सी भान ट्याबलेट ३० थान र नाईट्रो भ्याट ट्याबलेट ६२ थान फेला पारी निज र निजको भाई बर्ष २२ को सुमन कुमार मिश्र समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ ।