श्रीमतीको हत्या गर्ने मानिस पक्राउ

पर्सा, कार्तिक १८ गते ।

भारत बेतिया जिल्ला बरवा पन्चायत १० भंगवा थाना माईती घर भई जिल्ला पर्सा जिराभवानी गाउँपालिका-३ परसवा बस्ने कपिल पासवानको छोरी अन्दाजी बर्ष १९ की निपु देवी आफनो दिदीको गवना कार्यक्रममा निजको श्रीमान जिल्ला पर्सा जिराभवानी गाउँपालिका-३ परसवा बस्ने भिखारी हजरा दुसादको छोरा अन्दाजी बर्ष २८ को केदार भन्ने रामबाबु हजरा दुसादसँग BR22M4508 नम्बरको स्पेलेण्डर प्रो मोटर साईकल चढी भंगाहा थाना स्थित माईती जाने क्रममा निज श्रीमान र मृतक श्रीमती वीच आपसी भनाभन र वाद-विवाद हुँदा मृतक श्रीमतीलाई मोटरसाईकलको पेट्रोल सक्कियो म पेट्रोल लिएर आउँछु भनी झुक्याई बागमोर्चा चोकबाट रु.१५ मा चक्कू किनी सुस्ता खोलाको छेउमा लगि मिति २०७६।०७।१७ गते अन्दाजी १२:०० बजेको समयमा मोटरसाईकल रोकी नजिकैको बनतुलसीको झांगमा लगी लडाई सोही स्थानमा श्रीमतीलाई कर्तव्य गरी मारी  मृतक लासलाई उक्त स्थानमा नै छाडी भागी फरार रहेको र सो घट्नाको मुख्य अभियुक्त मृतककै श्रीमान केदार भन्ने रामबाबु हजारा दुसादलाई खोजतलाश गरी फेला पारी मिति २०७६।०७।१८ गते नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भईरहेको छ ।