लागूऔषध सहित मानिस पक्राउ

सिरहा, कार्तिक १८ गते ।

जिल्ला सिरहा बरीयारपट्टी गाउँपालिका-३ स्थित ईलाका प्रहरी कार्यालय बरीयारपट्टी सिरहाबाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला सिरहा गोलबजार नगरपालिका-४ बस्ने बर्ष १९ को बिजय कुमार यादवको साथबाट २ थान Dialex-dc, नाईट्रोभेट-३६ थान, नाईट्रोजन १०० थान, स्पासो २४ थान  फेला पारी निज सहितलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।