लत्ताकपडा तथा छोगडा बरामद

पर्सा, कार्तिक २० गते ।

गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगंज महानगरपालीकाको  बिभिन्न स्थानबाट  सल १४ थान, सुट १३थान, सुटको कपडा ३ थान, उलन सलको कपडा २ थान, उलन सर्टको कपडा १ थान पेटीकोटको कपडा १ थान, उलन कुर्तासुरुवाल २० पिस, ढाका टोपी बनाउने कपडा २ थान र १८ किलो छोगडा बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको छ ।