गाजाँको बोट र अवैध मदिरा भट्टि नष्ट

सप्तरी, कार्तिक २० गते ।

जिल्ला सप्तरी बोदेबर्साईन नगरपालिका-१ धनगढि स्थितमा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी र प्रहरी चौकी सिस्वाबेल्हि सप्तरीबाट खटिएको प्रहरी टोलिले अन्दाजी २५ घरधुरिले खेत बारीमा लुकाई छिपाई लगाएको अन्दाजी ८०० गाजाँको बोट फडानि गरी नष्ट गरिएको छ ।

यसै गरी जिल्ला सप्तरी खड्क नगरपालिका-१ सुन्दरपुर स्थित अवैध रुपमा चलाई रहेको रक्सि भट्टि १, कच्चा पदार्थ अन्दाजी २०० लिटर, ४० लिटर तयार रक्सि र ३ वटा पलास्टिकको भाडो स्थानिय बासिको को रोहबरमा सोही स्थानमा नष्ट गरिएको, ग्यास सिलिण्डर थान १, ग्यासको फलामको चुलो थान १,  पलास्टिको ड्रम थान ५, स्टिलको भाडो थान ३, गुड (सकर) १२० kg, र फलामको आगो बाल्ने चुले थान १, बरामद गरि नष्ट गरिएको छ ।