अवैध सालको काठ बरामद

पर्सा, कार्तिक २० गते ।

प्रहरी चौकी रंगपुर पर्सावाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका-१ स्थित बाट अवैध सालको काठ लम्बाई ५ फिट, चौडाई ४ फिट भएको १ थान, लम्बाई ७ फिट, चौडाई ३ फिट भएको १ थान र लम्वाई ६ फिट, चौडाई ४ फिट भएको १ थान गरी जम्मा ३ थान सालको काठ फेला परेकोले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय पर्सामा बुझाएको छ ।