हुण्डी कारोवार गर्ने मानिस पक्राउ

पर्सा, पौष २२ गते ।

हुण्डी कारोबार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७६।०९।२२ गते अन्दाजी २:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोक स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट बीरगंज आउदै गरेको BR01 CK 9796  नंम्बरको स्कुटीमा सवार भई भारत बिहार जिल्ला मोतिहारी पुर्वी चम्पारण रक्सौल बस्ने बर्ष ४९ को राजु कुमार श्रीवास्तवको साथबाट स्रोत खुलाउन नसकेको नेपाली रु.४,४५,०००।– (चार लाख पैत्तालिस हजार) र निजले चलाई आएको  BR01 CK 9796  नंम्बरको स्कुटी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।