चोरीको मोटरसाईकल सहित मानिस पक्राउ

सप्तरी, पौष २३ गते ।

जिल्ला सप्तरी राजविराज नगरपालिका-७ स्थितबाट ना ३० प ५१६६ नम्बरको मोटरसाईकल चोरी भएको हुँदा खोजतलास गरी पाँउ भनि दिलिप यादवले  जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा हुलिया सहितको निवेदन दिएको र उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा मिति २०७६/०९/२२ गते चोरी भएको मोटरसाईकल सहित प्रदिप साह, जितेन्द्र राम शर्मा र राजेश साह समेतलाई फेला पारी सम्मानित अदालतबाट म्याद थप गरी थप अनुसानधान कार्य भईरहेको छ ।