अवैध लागूऔषध सहित मानिस पक्राउ

सिरहा, पौष २३ गते ।

जिल्ला सिरहा भगवानपुर गाँउपालिका-३ स्थित प्रहरी चौकी ठाडि सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.६ प. ९८०१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा सखुवानान्करकट्टी गाँउपालिका-५ बस्ने वर्ष २३ को मोहमद अजिम र ऐ. बस्ने वर्ष २४ को मोहमद हस्मत राईनको साथबाट अवैध लागूऔषध नोर्फिन ४७ एम्पुल, प्रोमोथाईजिन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल सहित निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

   यसै गरी पौष २३ गते । जिल्ला सिरहा सिरहा नगरपालिका-१७ स्थित ईलाका प्रहरी कार्यालय माडर  सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.८ प. ४५३७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सिरहा विष्णुपुर गाँउपालिका-२ बस्ने वर्ष २७ को ब्रम्म देव यादव र ऐ. मिर्चैया नगरपालिका-७ बस्ने वर्ष २५ को सुली महराको  साथबाट अवैध लागूऔषध डाईलेक्स डि-सी ७ बोतल फेला पारी  निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ ।