फरार प्रतीवादी पक्राउ

सिरहा, पौष २४ गते ।

सम्मानित जिल्ला अदालत सिरहाको मिति २०७१।०१।३० गतेको फैसला आदेशले डाँका मुद्दामा रु. १,८०,००० जरिवाना र ६ (छ) वर्ष कैद ठहर भई फरार रहेका प्रतिवादी  जिल्ला सिरहा कल्याणपुर नगरपालिका-८ बस्ने वर्ष ४० को मोहमद मुस्तुफा हुसेन मियाँलाई मिति २०७६।०९।२४ गते १३:३० बजे जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले निजकै घर वतनमा लुकीछीपि बसेको अवस्थामा पक्राउ गरी सम्मानित जिल्ला अदालत सिरहामा बुझाएको छ ।