फरार प्रतिवादी पक्राउ

बारा, पौष २६ गते । सम्मानित बारा जिल्ला अदालतको मिति २०७२/१२/२१ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद ठहर भई फरार रहेका जिल्ला बारा जितपुरसिमरा उप-महानगरपालिका  वडा नं. २ बस्ने रामेश्ववर साहको छोरा वर्ष १९ को सुनिल साहलाई मिति २०७६।०९।२६ गते ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले निजलाई कैद भुक्तानको लागी कारागार कार्यालय बीरगंजमा पठाईएको छ । यसै गरी पौष २७ गते । सम्मानित बारा जिल्ला अदालतकै मिति २०७२।०२।२६ गतेको फैसला आदेशले वन मुद्दामा रू. ४९३३।- जरिवना ठहर भई फरार रहेका जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.१७ बस्ने मिन बहादुर आपागाईलाई मिति २०७६/०९/२७ गते प्रहरी चौकी जैतापुर बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा निजले ठहर अनुसारको जरिवाना रकम दाखिला गरी छुटेको छ ।