हुण्डी कारोवार गर्ने मानिस पक्राउ

पर्सा, पौष २८ गते ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ BR05V3444 नम्बरको मोटरसाईकलमा सवार भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण रक्सौल बस्ने तैमुल्लाह मियाको छोरा बर्ष अन्दाजी २१ को जबिउल्लाह आलमको साथबाट स्रोत खुल्न नसकेको अवैध नेपाली नगद रु.३,०००००।–(तिन लाख) फेला पारी सो नगद र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।