आकस्मिक उपचार कक्ष (M.I.ROOM) उदघाटन

बारा, २०७६ माघ २५ गते ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालको प्रमुख आतिथ्य र महिला संजालका अध्यक्ष बबिता जयसवाल, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, स्थानिय पत्रकार तथा प्रहरी समेतको उपस्थितीमा प्रमुख अतिथिबाट आकस्मिक उपचार कक्ष (M.I.ROOM) को समुदघाटन सम्पन्न भएको र कान्तिपुर दैनिकका संवदाता लक्ष्मी साह तथा रेडियो नेपाल बाराका संवदाता सिकेन्द्र पासवान समेतको रक्तचाप (B.P.) चेक गरी सेवा शुरू गरिएको । उक्त आकस्मिक उपचारकक्षबाट प्रहरी कर्मचारी, प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा प्रहरी हिरासतमा रहेका थुनुवाहरू समेतलाई अ हे ब प्रहरी जवान दिनेश राय यादवबाट आकस्मिक उपचार तथा निःशुल्क औषधिको व्यवस्था गरिने ।