फरार प्रतिवदी पक्राउ

सिरहा, २०७६ माघ २४ गते ।

जिल्ला सिरहा, अर्नामा गाँउपालिका वडा नं.-२ स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको फैसला कार्यान्वयन टोलीले ‘सवारी ज्यान’ मुद्धाको फरार प्रतिवादी ऐ.बस्ने वर्ष ५० को हरी नारायण कामतीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरीएको । सम्मानित जिल्ला अदालत सिरहाबाट २२ दिन कैद, रु. २,०००।– जरिवाना तोकेको छ ।