हुण्डी कारोवार गर्ने मानिस पक्राउ

पर्सा, २०७६ माघ २६ गते ।

अवैध वित्तिय कारोवार(हुण्डी) भईरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बिरगंज तर्फ आउदै गरेको BR05AA7319 नं.को मोटरसाकलमा सवार भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने चन्देश्वर महत्तोको छोरा बर्ष ५० को सुरेश महत्तोको साथबाट स्रोत खुल्न नसकेको नेपाली रु.५,५०,०००।–(पाँच लाख पचास हजार ) फेला पारी सो नगद र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।