लागुऔषध सहित मानिस नियन्त्रण

सप्तरी, २०७६ माघ २६ गते ।

जिल्ला सप्तरी खडक नगरपालिका-५ खोजपुर स्थित अस्थाई प्रहरी पोष्ठ खर्चुहिया बाट प्र.स.नि.को कामाण्डमा खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री ऐ.ऐ.५ रंजितपुर बस्ने अं.बर्ष २५ को प्रभु चौधरी लाई चेकजाँच गर्दा निजको साथ बाट नाईट्रोजन ट्याबलेट २८८ पिस, लुबिजेसिस फेनारगन डाईजोफम ९२ पिस ला.औ. र सुई ६पिस फेला पारी साईकल सहित निज प्रभु चौधरी लाई नियन्त्रणमा लिएको छ ।