सवारी दुर्घटना

सिरहा,२०७६ माघ २७ गते ।

०५:३० बजेको समयमा जिल्ला सिरहा नरहा गाँउपालिका-५ न्यायपालिका कार्यालय अगाडी सिरहा चोहर्वा सडकखण्डमा सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको ना. ४ ख. ९२४१ नम्बरको बसले बिपरित दिशाबाट आईरहेको लु. १६ प. ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा दुई जना सवार रहेको जिल्ला सिरहा सिरहा नगरपालिका-३ रमौल बस्ने राम बृलेक्षणको छोरा वर्ष २९ को अमन मण्डलको टाउको शरिरमा चोट अवस्था गम्भिर उपचारको लागी बिराटनगर न्युरो लगिएकोमा उपचारको क्रममा बिराटनगर न्युरो अस्पतालमा ऐ. ०९:२० मृत्यू भएको ।
अर्को सवार जिल्ला सिरहा, सिरहा नगरपालिक-३ मख्ना बस्ने भोगेन्द्र मण्डलको छोरा वर्ष ४५ को शैलेन्द्र कुमार मण्डलको टाउको शरिरमा चोट उपचारको क्रममा राउ अस्पताल लहानमा ऐ.०७:०० बजे मृत्यु भएको मोटरसाईकल र बस ईलाका प्रहरी कार्यालय नरहा सिरहाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, बस चालक तत्काल फरार रहेको र खोजतलास कार्य भइरहेको छ ।