बिद्यार्थीहरुसंग प्रहरी अन्तरक्रिया कार्यक्रम

सप्तरी, २०७६ माघ २८ गते ।

समुदाय-प्रहरी साझेदारी अबधारणा अनुरुप जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.०८ स्थित श्री Janaki Boarding राजविराज नगरपालिका-५ मा जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा आयोजित "बिद्यालय सम्पर्क कार्यक्रम" अन्तर्गत बिद्यार्थीहरुसंग प्रहरी अन्तरक्रिया कार्यक्रम उक्त बिद्यालयमा कक्षा ८ र ९ कक्षामा अध्ययनरत बिद्यार्थी तथा उक्त बिद्यालयका शिक्षक, सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष हित नारायण लाल दास समेत गरी अंदाजी ७५ जनाको उपस्थितीमा अपराधको परिचय, रोकथामका उपायहरु, व्यक्तिगत जिम्मेवारी, लैंगिक हिंसा, बाल दुर्व्यवहार, लागु औषध/ मादक पदार्थको असर र बच्ने उपायहरु, आधारभुत सुरक्षा, सडक सुरक्षा, साईवर सुरक्षा, प्रहरी लाई खवर गर्ने १०० नं को प्रयोग, आधारभुत कानुन जस्ता व्यवहारिक बिषयहरुको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.नि.बाबुराम कार्कीले Powerpoint Presentation को माध्यमद्वारा सैद्धान्तिक तथा व्यवहारिक जानकारी गराउनुको साथै अन्तरकृयात्मक छलफल माफर्त बिषयबस्तुलाई प्रष्ट पार्नु भई उक्त कार्यक्रम समाप्त भएको छ ।