फरार प्रतिवादी पक्राउ

बारा,२०७६ माघ २९ गते ।

सम्मानित बारा जिल्ला अदालतको मिति २०७३।०३।१५ गतेको फैसला आदेशले केही सार्वजनिक अपराध मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला बारा कोल्हवी नगरपालिका-१ बस्ने श्याम भन्ने राधेश्याम चौधरीलाई ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको छ ।