अवैध घरेलु मदिरा भट्टी नष्ट

बारा, २०७६ फागुन १ गते ।

सिमा प्रहरी चौकी छतवा र प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा फेंटा गाँउपालिका वडा नं.३ र महागढीमाई नगरपालिका वार्ड नं.४ स्थितमा अवैध रुपमा संचालन रहेको घरेलु मदिरा भट्टी-२ वटा भट्टीबाट अं.१,००० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।