घरेलु मदिरा नष्ट अभियान कार्यक्रम

सिरहा, २०७६ चैत ०७ गते ।

बिभिन्न स्थानमा संचालनमा रहेका घरेलु मदिरा उत्पादन गर्ने मदिरा भट्टी नष्ट गर्ने/खुल्ला घरेलु मदिरा बिक्री बितरण हुने मदिरा होटल समेतमा चेकजाच गरी तयारी मदिरा,कच्चा पदार्थ,मदिरा बनाउन प्रयोग हुने भाडा वर्तन र संचालक समेतलाई पक्राउ गरी कानुनि कार्वाही गर्ने साप्ताहिक अभियान कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत कार्यालयहरु समेत बाट खटीएको प्रहरी टोलीले सिरहा जिल्लाको बिभिन्न स्थानहरुबाट तयारी घरेलु मदिरा-१२२१।- लिटर, कच्चा पदार्थ-६,६५०।- लिटर, मदिरा बनाउन प्रयोग हुने भाडा वर्तन- ६० थान,मदिरा बनाउन प्रयोग हुने मेसिन -३ थान, सहीत स्थानिय प्रतिनिधीको रोवहरमा नष्ट गरीएको र १ जना मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागी आन्तरीक राजश्व कार्यालय लहानमा बुझाईएको छ ।