अबैध घरेलु मदिरा भठ्ठी नष्ट

पर्सा, २०७६ चैत ०७ गते ।

विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको बिभिन्न वडा एरियाहरुमा अवैध रुपमा संचालनमा रहेका मदिरा भठ्ठीहरुबाट तयारी मदिरा ११८५ लिटर, कच्चा पदार्थ ३२२० लिटर, भट्टी १२ वटा र घरेलु मदिरा बनाउन प्रयोग गरिने मेसिन, भाडाकुडा समेत नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरीएको छ ।