माक्स र सेनिटाउजरको कालोबजारी गर्ने ४ जना मानिसहरु पक्राउ

जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुर स्थित बजार अनुगमनको लागि संयुक्त रुपमा खटिएको टोलीले निम्न स्थान बस्ने जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-४ स्थित सुस्मिता मेडिकलबाट जिल्ला सर्लाही बरहथवा नगरपालिका-८ वस्ने संजय साहलाई माक्सको कालो बजारी गरि रहेको अवस्थामा, जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ भमरपुरा चोक स्थित अटल फार्मेसीबाट जिल्ला धनुषा लक्ष्मीनिया गाँउ पालिका-३ वस्ने वर्ष २६ को अनिल यादव र जिल्ला महोत्तरी जलेश्वर नगरपालिका- ६ वस्ने वर्ष ३० को प्रभन्स चौधरी समेतलाई सेनिटाउजरको कालोबजारी गरि रहेको अवस्थामा र जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-४ स्थित सम्पूर्ण मेडिकलबाट ऐ. बस्ने वर्ष ३२ को संजय साहलाई माक्सको कालो बजारी गरि रहेको अवस्थामा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई अनुसन्धान कार्य भई रहेको छ ।