लागु औषध सहित मानिस पक्राउ

सिरहा, २०७६ फागुन ०९ गते ।

जिल्ला सिरहा बरियारपट्टी गाँउपालिका-३ स्थित ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले स.३प.९१७५ नम्बरको मोटरसाईकल लाई चेकजाँच गर्दा जिल्ला सिरहा लहान वडा न.२४ बस्ने बर्ष २६ को राम उदगार महतो र ऐ. बस्ने वर्ष २१ को प्रमोद यादव सहितको साथबाट लागु औषध नाईट्रोजनः-१२० पिस, समेत पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको छ ।