लागु औषध Onerex र नाईट्रोभेट ट्याब्लेट सहित मानिस पक्राउ

पर्सा, २०७६ चैत ०८ गते ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ प्रहरी चौकी ईनर्वा पर्सा अगाडी सडक खण्डमा भारतको रक्सौलबाट बीरगंज तर्फ ना.१ ह. ८९६७ नम्बरको अटो चलाई आउदै गरेको जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं.६ हटिया बस्ने महेन्द्र रोक्काको छोरा बर्ष २७ को बिजय रोक्कालाई चेकजाँच गर्दा अटोको सिट मुनि लुकाई छिपाई राखि ल्याएको लागु औषध Onerex-100 ML को ९९ बोतल र नाईट्रोभेट ट्याब्लेट २७० पिस फेला परेकोले सो लागु औषध, अटो सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको छ ।