लागु औषध गाँजा सहित मानिस पक्राउ

पर्सा, २०७६ चैत १० गते ।

विशेष सुचनाको आधारमा लागु औषध गाँजा खरिद विक्रि गर्नको लागी नेपालबाट भारततर्फ लैजादै छ भन्ने सुचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा तथा ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.५ स्थित नेपालबाट भारततर्फ BR05F 6566 नं.को मोटरसाईकल चलाई जादै गरेको जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.५ बस्ने जगकिशोर राउत अहिरको छोरा बर्ष ५५ को राधाकृष्ण राउत अहिर, ऐ.ऐ.बस्ने नथुनि महतो कोईरीको छोरा बर्ष ५० को लक्ष्मन महतो कोईरी र जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका वडा नं. १ धोरे बस्ने रामायण सहनीको छोरा बर्ष ५० को मन्द्रिका सहनीको साथबाट अवैध लागु औषध गाँजा १८ किलो फेला पारी सो लागु औषध, मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।