चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा, २०७६ चैत १० गते ।

फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७३।०२।३१ गतेको फैसला आदेशले चोरी मुद्दामा ९ वर्ष कैद ठहर भई फरार रहेका प्रतिवादी साबिक जिल्ला बारा मधुरी जब्दी वडा नं. १ हाल परिवर्तित महागढीमाई नगरपालिका वडा नं. ११ बस्ने ठाकुर राउत अहिरको छोरा वर्ष ४५ को प्रशुराम प्रसाद यादवलाई मिति २०७६/१२/१० गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित बारा जिल्ला अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पठाईएको छ ।